नेप्से बढ्यो

न्युजलय ८ जेठ २०८३, शुक्रबार ०३:३७ मा प्रकाशित

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज भने १६.३८ अंकले बढेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५८.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५७ कम्पनीको सेयर मूल्य आज घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

आज सेयर बजारमा ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर ५४ हजार ४९७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।