काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार (आज) पनि १५ अंकमाथिले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो ।
दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।