काठमाण्डौ । भारतमा एकैदिन थप ९ हजार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ हजार ६२९ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ। ६३ हजार ३८० सक्रिय संक्रमित रहेकोमा हाल घटेर ६१ हजार १३ पुगेको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ३९८ पुगेको छ।