काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो ।
बिहीवार ६ अंक घटेर २०४४.७२ अंकमा ओर्लिएको बजार आज २७।२६ अंक घटेर २०१७।४६ मा ओर्लिएर साताको बजार बन्द भएको थियो ।
शुक्रवार बजार परिसूचक १.३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशत घटेर ३८६.२४ मा झरेको छ ।
शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ पटकमा खरिद बिक्री भएको हो ।
बजार घट्दा आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।