ताइवानमा महाभुकम्प : कम्तिमा चार जनाको ज्यान गयो

न्युजलय २१ चैत २०८०, बुधबार १०:४८ मा प्रकाशित

एजेन्सी । ताइवानमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। 


ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।


बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौ वटा परकम्प गएको बीबीसीले जनाएको छ । ्


भूकम्पले आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने फूटेज स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । 


भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।


हालसम्म चार जनाको ज्यान गएको विवरण आएको बीबीसीले जनाएको छ ।