काठमाडौं । नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले स्थानीय सडकको नामकरण गरेको छ।
पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो ।
करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको नेपाली जनकल्याण समिति, दासनगर, हावडाले विगत आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो ।
उपयुक्त समयमा भानुभक्त मार्गको उदघाटन गरिने समितिका अध्यक्ष बद्रीविक्रम थापाले बताएका छन् ।