नैराबी । तान्जानियामा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।
२६ जना मलामी सवार मिनी बस शुक्रबार राति दुर्घटनामा परेको थियो । गाडीलाई ओभरटेक गर्ने क्रममा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
घाइतेमध्ये १० जनालाई उपचारका लागि टाँगा क्षेत्रीय सरकारी अस्पतालमा लगिएको छ भने दुई जनाको कोरोग्वे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।