हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १६ जनाकाे मृत्यु

न्युजलय ४ माघ २०७९, बुधबार ०२:५६ मा प्रकाशित

काठमाडौँ । युक्रेनको राजधानी कीभमा हेलिकप्टर दुर्घटना भएको छ ।

सिएनएनका अनुसार हेलिकप्टर दुर्घटनापछि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

युक्रेनी प्रहरीका अनुसार हेलिकप्टर एक किन्डरगार्टेन र घरायसी क्षेत्रमा खसेको बताएको छ ।

मृत्यु हुनेमा विमानमा रहेका ९ जना समेत रहेका छन् । त्यस्तै मृत्यु हुनेमा दुई बालबालिका समेत रहेको प्रहरीले जनाएको छ ।

घटनामा १० बालबालिकासहित २२ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।   

 हेलिकप्टर दुर्घटना आन्तरिक मामिला मन्त्रालयका कैयौँ उच्च अधिकारी, आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको बताइएको छ ।