अफगानिस्तानमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु

न्युजलय ४ पुस २०७९, सोमबार ०८:३३ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागमा अवस्थित एक सुरुङमा इन्धन बोकेको एउटा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् । 


स्थानीय अधिकारीहरूका अनुसार विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको स्ंख्या बढ्नसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


विस्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन । केही मृतक नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । 


पाँच जना महिला र दुई बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विस्फोटसँगै लागेको आगो आइतबार मात्र निभाइएको थियो ।