काठमाडौ । सेयर बजार सूचक नेप्सेमा सोमबार(आज) २१ अंकमाथिले वृद्धि भएको छ ।
आज नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सन्सेटिभ इन्डेक्स समेत ४.५० अंकले बढ्दै ३७५.०३ अंकमा उक्लिएको छ ।
आज १३ वटै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.७१ प्रतिशतले, होटल तथा टुरिजम २.२७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.२० प्रतिशतले र हाइड्रोपावर २.०७ प्रतिशतले बढेको छ ।
२१ अंकमाथिले बढेको बजारमा आज कुल ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।