पाकिस्तानमा भूकम्प

न्युजलय ९ फाल्गुण २०८२, शनिवार ०६:४४ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानमा शुक्रबार साँझ भूकम्प गएको छ।

बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६ः१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। यसको गहिराइ ७३ किलोमिटर थियो। 

भूकम्प पाकिस्तानको राजधानी इस्लामाबाद, स्वात, पेसावर र एबोटाबादलगायत खैबर पख्तुनख्वाका धेरै क्षेत्रमा महसुस गरिएको थियो।

अहिलेसम्म भूकम्पका कारण कुनै ठुलो क्षतिको खबर छैन।