भारतमा गार्ड मेसिन खस्दा १४ जनाको मृत्यु

न्युजलय १६ साउन २०८०, मङ्गलबार ०८:०४ मा प्रकाशित

मुम्बई । भारतको महाराष्ट्रमा एउटा भयानक दुर्घटना भएको छ ।

सो दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  घटना मुम्बई नजिकैको ठाणे जिल्लाको हो।

समृद्धि एक्सप्रेस राजमार्गको तेस्रो चरणको निर्माण कार्य भइरहेको शाहपुर प्रहरीले जनाएको छ ।

यसैबीच मङ्गलवार बिहान शाहपुर नजिकै एउटा गार्ड मेसिन खसेर १४ जनाको मृत्यु भएको छ । 

एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।

साथै मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।