भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जना भन्दा बढीको मृत्यु

न्युजलय २० जेठ २०८०, शनिवार ०८:३३ मा प्रकाशित

काठमाडौं । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जना भन्दा बढीको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा नौ सय जनाभन्दा बढी घाइते भएका छन् ।

 

बिबिसी हिन्दीकाअनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि यसको डब्बा लिकबाट खसेको थियो र अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट ट्रेन पनि ठोक्किएको थियो ।


ओडिसा सरकारले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।