काठमाडौं । नेप्से २४०० को बिन्दुबाट तल झरेको छ ।
मौद्रिक नीति समीक्षापछि लगातार घट्दो क्रममा देखिएको नेप्से घट्ने क्रमले आइतबार (आज) पनि निरन्तरता पाएको छ । आज नेप्सेमा ६९.४९ अंकको गिरावट हुँदा २३८०.४८ अंकको बिन्दुमा झरेको छ ।
सुरुआतबाट लगातार घटरिहेको नेप्से करिब ९ महिनापछि २३०० अंकको बिन्दुमा झरेको हो । २०२१ मार्च १६ मा २०० बिन्दुमा रहेको नेप्से आज डिसेम्बर १२ मा २३०० बिन्दुमा ओर्र्लिएको हो ।
बजार परिसूचक २३०० बिन्दुमा झर्दा २ अर्ब ८ करोडको कारोबार भएको छ ।