बढ्यो सेयर बजार

न्युजलय २२ असार २०८२, आइतबार ०४:०१ मा प्रकाशित

 काठमाडौं । आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेर २७०६ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

आइतबार ३१८ कम्पनीका ८७ हजार ३९८ पटकको कारोबारमा २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ रहेको छ । ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।