दिल्ली । भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण साम्य हुँदै गएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन ।
सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना छन् ।
पछिल्लो २४ घण्टामा ९ जना कोभिडका बिरामी उपचारपछि घर फर्केका छन् ।