नेप्से घट्ने क्रम निरन्तर

न्युजलय २२ माघ २०८२, बुधबार ०३:५८ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से .।६४ अंक घटेर २६८१.५० बिन्दुमा झरेको हो ।

नेप्से सूचक घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि सकारात्मक ‘सर्किट’ लागेको नेप्सेले जनाएको छ । बुधबार नेप्से सूचक घट्ने बढ्ने गरे पनि बन्द हुँदा घटेरै बन्द भएको हो ।

बुधबार सकारात्मक सर्किट लगेका कम्पनीमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् छन् । नेप्सेमा धेरै कारोबार हुनेमा पनि आँखुखोला हाइड्रो नै छ ।