आज सेयर कारोबार बन्द हुने

न्युजलय २ माघ २०७९, सोमबार १२:५१ मा प्रकाशित

काठमाडौं । आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेसँगै आज सेयर बजार कारोबार समेत बन्द हुनेछ । सार्वजनिक विदाहरुमा नेपाल स्टक एक्सचेन्ज समेत बन्द हुनेभएकाले आज सेयर कारोबार समेत बन्द हुनेछ ।

आइतबार साँझसम्ममा ६८ जनाको शव भेटियो ४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । सनाखत भएका शव आइतबारमात्रै जिम्मा लगाइने, सनाखत नभएकाको परीक्षण गर्न काठमाडौं पठाइने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा पाइलट, डाक्टर, पत्रकार, संगीतकर्मी, विदेशी पाहुनादेखि यो देशका सामान्य नागरिकसम्मले ज्यान गुमाएका छन् ।