भारतको मध्य प्रदेशमा बस नदीमा खस्यो, १५ जनाको मृत्यु

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार १२:१९ मा प्रकाशित

काठमाण्डौ । भारतको मध्य प्रदेशमा यात्रुवाहक बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ ।

प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा बस बैराड नदीमा खसेको जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् । बस अनियन्त्रित भएर सडकको रेलिङ तोड्दै नदीमा खसेको थियो ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई ४/४ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ ।