ब्रोकर डाटा सेन्टर समस्या, सेयर कारोबार बन्द

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०१:२६ मा प्रकाशित

काठमाडौं । ब्रोकर डाटा सेन्टरमा आएको समस्या समाधान नभएपछि नेप्सेले आज सोमबारका लागि सेयर कारोबार बन्द गरेको छ । पौने पाँच बजेसम्म पनि समस्या समाधान नभएपछि आजको कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । सोमबार १२ः५३ बजेदेखि नेप्सेको कारोबार रोकिएको हो । अब मंगलबार मात्र बजार खुल्नेछ । 


यसअघि नेप्सेले समस्या समाधान भएपछि कारोबार अवधि थपेर बजार सञ्चालन गर्ने भनेको थियो । तर साँझसम्म पनि समस्य समाधान नभएपछि दिनभरका लागि कारोबार बन्द गरिएको नेप्सेको भनाई छ । 


बजार खुलेको अवधिमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२० कम्पनीको २३ लाख ४९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ६ समूहको सूचक हरियो बनेको छ । ६ करोड ६५ लाख रुपैयाँभन्दा बढीसहित नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ ।