काठमाडौं। फेब्रुअरी ६ मा आएको विनाशकारी भूकम्पग्रस्त सिरियाको राजधानी दमास्कसमा इजरेलले मिसाइल हान्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
सघन जनसंख्या भएको काफ्र सुसामा उच्च अधिकारीहरू, सुरक्षा एजेन्सीहरू र गुप्तचर मुख्यालयहरू बस्ने घरमा इजरेलले मिसाइल हानेको हो।
मध्यराति इजरेली शत्रुले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट दमास्कस र यसको आसपासका आवासीय छिमेकीहरू सहित धेरै क्षेत्रहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
सिरियाली सरकारले शुरुमा सर्वसाधारणसहित पाँच जना मारिएको र १५ जना घाइते भएको भनेको थियो। पछि सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले मृत्यु हुनेको संख्या १५ पुगेको अनुमान गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ।