शेयर कारोबार रोक्का

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०८:०६ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार(आज) को शेयर कारोबार रोक्का भएको छ ।

नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि शेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ ।