काठमाडौँ । भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ ।
समाचार संस्था पीटीआईका अनुसार शनिबार ओडिसा राज्यको कयौँ स्थानमा भिषण वर्षासँगै परेको चट्याङले विभिन्न ६ जिल्लाका १० जनाको मृत्यु भएको हो ।
खबरअनुसार खोरधा जिल्लामा चार र बलांगिर जिल्लामा दुई जनाको मृत्यु भयो । यस्तै अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा एकएक जनाको मृत्यु भएको छ ।