घट्यो सुनको मूल्य

न्युजलय ५ जेठ २०८०, शुक्रबार ०५:४१ मा प्रकाशित

 काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी एक हजार तिन सय ७० रुपैयाँमा स्थिर रहेको छ ।