काठमाडौँ । राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ ।
दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्रीचोकमा बससँग ठोक्किएको थियो ।
सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालकसहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।