भारतको एक निजी अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

न्युजलय २८ मङ्सिर २०८१, शुक्रबार ११:४९ मा प्रकाशित

काठमाडौँ ।  तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा एक बालिका सहित कम्तीमा ६ जनाको ज्यान गएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, आगलागीको कारण सर्ट सर्किट भएको आशंका गरिएको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको मृत्युप्रति दुःख व्यक्त गर्दै प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।