ग्रीसमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३६ पुग्यो

न्युजलय १७ फाल्गुण २०७९, बुधबार ०७:१० मा प्रकाशित

काठमाडौँ । ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । दुर्घटनामा अन्य ७२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको भएका ग्रीसको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ ।