टर्की र सिरियामा गएको भुकम्पमा परी मर्नेको संख्या १५०० नाघ्यो

न्युजलय २३ माघ २०७९, सोमबार ०५:१७ मा प्रकाशित

काठमाडौँ । टर्की र उत्तरी सिरियामा आज गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा एक हजार ५ सय पुगेको छ । सिरियामा करिब ६०० र टर्कीमा ९०० बढी मानिसको ज्यान गएको सिएनएनले जनाएको छ ।

भुकम्पमा परी ६ हजार बढी घाइते भएका छन् । ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको बताइएको छ । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस गरिएको थियो । 

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । १९९९ मा शक्तिशाली भूकम्प जाँदा टर्कीमा १८ हजार मानिसको मृत्यु भएको थियो । सोमबारको भूकम्पमा भने ४० सेकेन्डसम्म भुकम्पले हल्लाइरहेको महसुस गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।