काठमाण्डौ । बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ।
बुधबार नेप्से परिसूचक ३.५१ अंकले घटेको छ। आज नेप्से ३.५१ प्रतिशतले घटेर १९४९.८५ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा सीमित भएको छ।
यस दिन २३८ वटा धितोपत्रको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ।