सुनचाँदीको मूल्यमा वृद्धि

न्युजलय २ बैशाख २०८३, बुधबार ११:३३ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला २ हजार ९०० र चाँदी १५५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ७०० कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य १५५ रुपैयाँले बढेर ५ हजार २२० कायम भएको छ ।