साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

न्युजलय १५ चैत २०७९, बुधबार १०:४३ मा प्रकाशित

 काठमाडौं । साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। 

एउटा पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनामा अन्य २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन्। उनीहरु उमराहका लागि मक्का जाँदै थिए। 

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए। उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो।