सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

न्युजलय ७ माघ २०८२, मङ्गलबार ०१:१४ मा प्रकाशित

सुनसरी । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट धरानका पूर्वमेयर हर्कराज राईले उम्मेदवारी दर्ता गराएका छन् । उनले श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयर पदबाट राजीनामा दिएपछि साम्पाङले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

साम्पाङसँगै सुनसरी–१ बाट अन्य उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् ।