आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री नायडूको र्‍यालीमा भागदौड हुँदा ७ जनाको मृत्यु

न्युजलय १४ पुस २०७९, बिहिबार ०८:१४ मा प्रकाशित

काठमाडौं । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टीको एक र्‍यालीमा ठूलो भागदौड भएको छ। उक्त भागदौडमा तेलुगु देशम पार्टीका सात जना कार्यकर्ताको मृत्यु भएको छ। 

  

यो र्‍याली पार्टीका सुप्रिमो तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले आयोजना गरेका थिए। उक्त भागदौडमा कैयौं घाइते भएको र केहीको अवस्था गम्भिर रहेको बीबीसीले जनाएको छ।

  

नायडूले रोड शो गरिरहेका बेला उनको गाडीनजिकै हजारौंको संख्यामा समर्थकहरुको भीड जम्मा भएर भागदौड सुरु भएको थियो।

 

पार्टीले मृतकका परिवारलाई १० लाख भारतीय रुपयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।