पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक

न्युजलय १२ जेठ २०८०, शुक्रबार १२:२३ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ। 

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको हो। 

पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो। खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ।