काठमाडौं । सिक्किममा हिमपहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्।
वरिष्ठ प्रहरी अधिकारी तेन्जिङ लोडेन लेप्चाका अनुसार मंगलबार बिहान करिब साढे ११ बजे गएको हिमपहिरोमा परेका अहिलेसम्म १७ जनाको उद्धार गरिएको छ। तीमध्ये ८ जनाको अवस्था गम्भीर छ।
कति मानिस पहिरोमा पुरिएका छन् भन्नेबारे अहिलेसम्म एकीन तथ्याङ्क नआइसकेको उनले बताए।