काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।