काठमाडौं । आइतबार सेयर बजारमा गिरावट आएको छ ।
आज नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ ।
यस दिन ३२९ कम्पनीको कारोबार हुँदा २०१ कम्पनीको मूल्य घट्यो । त्यस्तै, ५० कम्पनीको मूल्य बढ्दा नौ कम्पनीको स्थिर रह्यो ।
नेप्सेका अनुसार आज दुई करोड २० करोड ६० हजार कित्ता एक लाख १० हजारपटक खरिदबिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।