घट्यो सुनको भाउ

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०५:१५ मा प्रकाशित

काठमाण्डौ । मंगलबार(आज) सुनको भाउ घटेको छ । गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज एक सय रुपैयाँले घट्न पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ । 

आज  चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।