स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु

न्युजलय १२ पुस २०७९, मङ्गलबार ०८:०४ मा प्रकाशित

काठमाडौं । स्पेनमा पुलबाट बस नदीमा खस्दा सात जनाको मृत्यु भएको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो ।  

लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् । 

बस चालकको रक्सी र लागूऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।