बढ्यो सुनको भाउ

न्युजलय २२ मङ्सिर २०७९, बिहिबार ०५:२३ मा प्रकाशित

काठमाडौं । सुनको भाउ बिहीबार(आज) तोलामा ४०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।