नेप्सेमा सामान्य वृद्धि

न्युजलय २२ माघ २०७९, आइतबार ०९:२५ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) नेप्से परिसूचक झिनो अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक १.५४ अंक बढेर २०९६.०८ विन्दुमा रोकिएको हो ।

यस दिन इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको छ । आज यस कम्पनीको सेयर मूल्य ४५१ रुपैयाँ कायम भएको छ । 

सर्वाधिक कमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर दुई हजार १२१ रुपैयाँ ७० रुपैयाँ कायम भएको छ ।

आज एक अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक मूल्यको सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।