वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जना घाइते भएका छन्।
निजगढ नगरपालिका–७ शहिद चोकस्थित रोहित वर्कशपमा ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जना घाइते भएका हुन्।
चोकमा रहेको वेल्डिङ गर्ने पसलमा वेल्डिङको लागि राखिएको ग्यास सिलिन्डर पड्किएको बाराका प्रहरीले जानकारी दिएको छ । सो क्रममा चार जना घाइते भएकोमा उनीहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको बताइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम खुल्न बाँकी रहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।