काठमाडौँ । आइतबार सामान्य सुधार देखिएको सेयरबजार आज घट्न पुगेको छ ।
आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अन्य दिनको तुलनामा आज लगानीकर्ताहरु निराश बन्दा कारोबार रकम समेत घट्न पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, ब्यापार र अन्य समूह बढका छन् भने बाँकी सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी वित्त सूचकको १.६५ प्रतिशतले घटेको छ ।