जापानले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा लगाएको प्रतिबन्ध हटायो

न्युजलय ८ माघ २०७९, आइतबार १०:४९ मा प्रकाशित

काठमाण्डौ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो । कोभिड १९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो ।

आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ ।

चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड १९ को सङ्क्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो ।