काठमाडौ । भारतको महाराष्ट्रको रायगढ जिल्लामा बुधवार राती गएको पहिरोमा परी हालसम्म १६ जनाको मृत्युको पुष्टि भएको छ ।
खोजी तथा उद्धारकार्यमा लागेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को समूहले हालसम्म २१ जनालाई बचाउन सफल भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार अघिल्लो रात भारी वर्षा, पहिरोको खतरा र अँध्यारोका कारण उद्धारकार्य रोकिएको थियो ।