सनग्लास किन्दा यी कुरामा ध्यान दिनुहोस्

न्युजलय १७ बैशाख २०७९, शनिवार १२:५६ मा प्रकाशित

अहिलेको चर्को घाममा घरबाट बाहिर निस्कँदा सनग्लास अति नै आवश्यक हुन्छ । आँखालाई सुरक्षा प्रदान गर्नका लागि हामी स्टाइलिश सनग्लासतर्फ आकर्षित हुन्छौँ । प्रायः मानिस सनग्लासको लूक देखेर मन पराउँछन्, तर यस्तो गर्नु सही हुँदैन । सनग्लास किन्दा केही कुराहरुमा विशेष ध्यान दिनुपर्छः


रंग र गुणस्तर डार्क लेन्स

नराम्रो गुणस्तरका डार्क लेन्स भएका सन ग्लासहरु आँखाका लागि हानिकारक हुन्छन् । त्यसैले चश्माको लेन्सको क्वालिटीमा ध्यान दिनु आवश्यक छ । यसले यूवी किरणलाई ब्लक गर्न सक्छ कि सक्दैन भन्ने पनि हेर्नु पर्छ ।

 

यूवी प्रोटेक्शन भएको सनग्लास

आफ्ना लागि सनग्लास खरिद गर्दा सबैभन्दा पहिला आफुले छनौट गरेको सनग्लासले यूवी किरणलाई रोक्ने शत प्रतिशत क्षमता छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्छ ।


फ्रेम मेटेरियल

अनलाइन सनग्लास किन्दा फ्रेमको मटेरियल राम्रोसंग हेर्नु पर्छ । यसका लागि नायलन टाएटेनियम, पोली कार्बोनेट अथवा प्लास्टिक आदिको फ्रेम मटेरियलको छनौट गर्न सकिन्छ ।


ठूलो फ्रेमको आकार भएको सनग्लास

ठूलो साइजको सनग्लास लगाउँदा आँखालाई सन ड्यामेज हुनबाट बचाउँछ । त्यसैले सधैं आफ्ना लागि ओभरसाइज राउन्ड शेप सनग्लास किन्नु पर्छ । यसले सूर्यको हानिकारक किरणबाट आँखालाई बचाउनुको साथै आँखाको वरपरका छाला पनि डढ्नबाट बचाउँछ ।