भारतमा शक्तिशाली चक्रवात आँधी आउने चेतावनी, नेपालमा गर्ला असर ?

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार १२:०२ मा प्रकाशित

काठमाडौँ ।  भारतमा ‘मोका’ नामको शक्तिशाली चक्रवात आउने चेतावनी जारी गरिएको छ। 

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ।

सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ। यही मे १२ (वैशाख २९) मा बंगलादेश र म्यानमारको तटमा सर्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अहिलेसम्म त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना नदेखिएको बताएका छन्।