कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु

न्युजलय ६ चैत २०७९, सोमबार ०७:१२ मा प्रकाशित

काठमाडौँ । कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटना आइतबार साँझ भएको कोलम्बियन सेनाले पुष्टि गरेको हो ।

राजधानी बोगोटामा हेलिकोप्टर दुर्घटना भएको र मृतक चारै जना सैनिक रहेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् ।

उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । कोलम्बियन सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् ।