भारतका हिन्दुवादी नेताको हत्या

न्युजलय १८ माघ २०७९, बुधबार १०:४९ मा प्रकाशित

काठमाडौं । भारतको तमिलनाडुमा एक हिन्दुवादी नेताको हत्या भएको छ । 

मक्कल काची नामक हिन्दुवादी सङ्गठनका उपप्रमुख मणिकन्दनको हत्या भएको हो ।

मंगलबार राति मणिकन्दनलाई बाटोमा रोकेर एक समूहले हत्या गरेर भागेको प्रहरीले जनाएको छ।  प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।