पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्युजलय २७ मङ्सिर २०८२, शुक्रबार ०६:२४ मा प्रकाशित

काठमाडौँ । नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

आज बिहान लु १ ज ३९०८ नम्बरको जिप पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जाएको छ । 

दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको र शव पहिचानका लागि विभिन्न पक्षसँग सोधखोजको काम भइरहेको बताइएको छ । 

८ जना घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। जिप सडकबाट करिब २ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।